Friday, April 5, 2019

हार्दिक श्रद्धाञ्जली

ललितपुरका डि.एफ.ओ. अचल ढुंगानाज्यु, नेपालकाे वन प्राविधीकहरूकाे लागी एक असल व्यक्तित्वकाे अकल्पनिय दुखद खबरले हामी पाणिनी सव-डिभिजन लगाएत सम्पुर्णा अर्घाखाँची परिवार स्तव्ध भएकाे छ । डि.एफ.ओ. अचल ढुंगानाज्युको असामायिक निधन प्रती सम्पुर्ण सव-डिभिजन परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

Wednesday, March 27, 2019

भवन उद्घाटन तथा आम भेला ।

पाणिनी सव डिभिजन वन कार्यालयकाे क्षेत्र अन्तर्गत पर्ने पाणिनी ७ अड्गुरी मा यहि मिति २०७५ साल चैत्र महिनाकाे १२ गते डिभिजन वन कार्यालय तथा भगवती सामुदायिक वन उपभाेक्ता समुहकाे लागतमा सामुदायिक वन उपभाेक्ता समुहकाे भवन  निर्माण भएकाे छ । उक्त भवन डिभिजन वन कार्यालय अर्घाखाँचीका  डिभिजन वन अधिकृत अजय  विक्रम मानन्धर ज्युकाे हात बाट उद्घाटन भई संचालन मा ल्याइएकाे छ । यस कार्यक्रममा  विशिष्ट अतिथिकाे रूपमा वन महासंघका अध्यक्ष राम चन्द्र पाेखरेल ज्यु र पाणिनी सव डिभिजन वन कार्यालयका रेन्जर महेश नेपाली काे पनि उपस्थिती रहेकाे  थियाे । याे सामुदायिक वन  विकास र वैज्ञानीक वन कार्ययाेजना कार्यान्वयन सम्वन्धमा डिभिजन वन अधिकृत ज्यु र वन महासंघ बाट पाल्नु भएका  विशिष्ट अतिथीज्युले पनी आफ्नो भनाई राखेर पुनर्गठन हुने नयाँ समितीलाई समेत आगामी कार्यकालकाे सुभकामना प्रकट गर्नु भएकाे  थियाे ।





Sunday, March 17, 2019

मालिकादेवी मन्दिर निर्माण अनुगमन

पाणिनी सव  डिभिजन वन कार्यालयकाे कार्य क्षेत्रमा निर्माणाधिन मालिकादेवी मन्दिरकाे परिसर निर्माण कार्य DFO अजय  विक्रम मानन्धर ज्यु र पाणिनी सव डिभजन वन कार्यालयका रेन्जर महेश नेपालीकाे संयुत् टाेली द्वरा निरिक्षण कार्य सम्पन्न गरेकाे छ ।


Thursday, February 21, 2019

सामुदायिक वनमा झाडी सफाइ कार्यक्रम

पाणिनी गाउँपालीका वडा नं ३ खिदिम  स्थित दुर्वाशेश्वर सामुदायिक वन रहेकाे सल्लाे र साल प्रजातिकाे बाहुल्यता रहेकाे वनमा रहेका  झाडि सफाइ कार्यक्रम गरि वनकाे विकाश, सम्वर्धन र संरक्षणाकाे कार्य  उपभाेक्ताहरूकाे संग्लग्नतामा झाडी सफाइ कार्यक्रम सम्पन्न भयाे ।




Thursday, July 19, 2018

तेजपात विरुवा वतरण

पाणिनी गाउँपालीकाकाे ८ वटै वडाहरुमा लगभग १ लाख विरुवा  वितरण गर्नेकार्य गरियाे ।


Sunday, May 20, 2018

Tuesday, May 8, 2018

पणेेनामा रहेकाे वन नर्सरीमा अनगुमन कार्य 
नर्सरीमा रहेका विरुवाकाे ग्रेडीङ गरिएकाे साथै नयाँ  विउबाट विरुवा उटत्पादन भएकाे अवश्था रहेका छ ।



Saturday, April 14, 2018

Friday, April 13, 2018

तेजपात नर्सरी अनुगमन

जिल्ला वन कार्यालय अर्घाखाँचीका वन अधिकृत  दिपक ज्ञवाली र ईलाका वन कार्यालयकाे संयूत्त टाेलीले पाली ईलाका अन्तर्गत रहेका  निजी तथा सामुदायिक वन नर्सरीमा अनुगमन गर्ने कार्य  गरियाे । उत्त अनुगमन गर्दै गर्दा  सिद्ध सामुदायिक वनमा तेजपात संरक्षणमा लाैरी पालाे गर्दै एक बालिका ।



Sunday, April 8, 2018

तेजपात नर्सरी

बहुउद्देश्यीय कृर्षि वन नर्सरी पणेनामा अवस्थीत रहेकाे छ । यस नर्सरी  निजी व्यत्ति द्धारा संचालनमा रहेकाे छ ।
सिद्ध सामुदायिक वन नर्सरी पाेखराथाेक २ डाँडा कटेरी भन्ने स्थानमा पर्दछ । याे नर्सरी सामुदायिक वनकाे स्थापनाकाल देखी संचालनमा अाएकाे छ । हाल यस नर्सरीमा तेजपातकाे  विरुवाहरु २५००० काे संख्यामा रहेका छन् ।







याे वन नर्सरी धातिवाङ्गमा ६ मा रहेकाे छ ।


 बहुउद्देश्यीय कृर्षि वन नर्सरी पटाैटी ४ मा अवस्थित रहेकाे छ । 

मृत चितुवा

मृत अवस्थामा भेटिएकाे  चितुवा

स्थानिय मानिसहरुकाे भनाई तथा स्थलगत अनुगमन गर्दा  दुई वटा भाले  चितुवाकाे अपसि मुठभेटमा १ चितुवाकाे ज्यान गएकाे देखिएकाे छ ।